- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले फिनल्याण्ड र स्वीडेन सिमानामा विदेशी सेना तैनाथ गरे कडा जवाफ दिने चेतावनी दिएका छन् ।
फिनल्याण्ड र स्वीडेन नेटोमा सामेल हुनमा आफ्नो कुनै आपत्ति नरहेको बताउँदै पुटिनले दुई देशको सिमानामा विदेशी सेना र हतियार तैनाथ गरेमा रुसले कडा जवाफ दिने बताए ।
नेटोमा सामेल हुने दुवै देशलाई लिएर टर्कीको आपत्तिको अन्त्य भएपछि पुटिनको बयान आएको हो। यसका लागि अमेरिकी राष्ट्रपति जो बाइडेनले टर्कीका राष्ट्रपति तैयप एर्दोगानलाई पनि धन्यवाद दिएका छन् ।
तुर्कमेनिस्तान भ्रमणमा रहेका पुटिनले त्यहाँको पत्रकार सम्मेलनमा फिनल्याण्ड र स्वीडेन नेटोमा सामेल हुँदा रुसलाई कुनै समस्या नभएको बताए । 'यदि वहाँहरू चाहनुहुन्छ भने गर्नुहोस्। हामीबीच कुनै विवाद छैन । तर रुसले दुवै देशमा विदेशी सैन्य तैनाथीलाई कडा जवाफ दिनेछ किनभने यसले हाम्रो सुरक्षालाई खतरामा पार्न सक्छ।' पुटिनले भने ।
पछिल्लो समय टर्कीले सहमति जनाएपछि फिनल्याण्ड र स्वीडेनलाई नेटोमा सामेल हुने बाटो खुलेको छ । फिनल्याण्ड र स्वीडेनले आफ्नो तटस्थता नीति त्यागेर नेटोमा सामेल हुन आवेदन दिएका छन्।