arrow

ट्रम्पपछि पुटिन चीन भ्रमणको तयारीमा

क्रेमलिनद्वारा तयारी अन्तिम चरणमा पुगेको पुष्टि

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १ शुक्रबार
putin-2024-05-10.jpg

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बेइजिङ भ्रमणपछि रूसी राष्ट्रपति भ्लादिमिर पुटिन पनि चीन जाने तयारीमा जुटेका छन्। रूसी समाचार एजेन्सी तासका अनुसार क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले पुटिनको चीन भ्रमणको तयारी लगभग सम्पन्न भएको र यसको आधिकारिक मिति चाँडै घोषणा गरिने जानकारी दिएका छन्। 

क्रेमलिनले भ्रमणको विस्तृत एजेन्डा र योजना अझै गोप्य राखेको भए पनि दुवै देशबीच यस विषयमा गहन छलफल भइरहेको र तयारी अन्तिम चरणमा पुगेको प्रवक्ता पेस्कोभले बताएका छन्।

यसअघि मे ९ मा पुटिनले भारत, चीन र अमेरिकालाई युक्रेन द्वन्द्वको वस्तुस्थितिबारे जानकारी गराउँदै दोस्रो विश्वयुद्धको सम्झनामा किएभसँग तीन दिने युद्धविरामका लागि मार्ग प्रशस्त गरेको उल्लेख गरेका थिए। 

अर्कोतर्फ अमेरिकी राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीचको सम्बन्धमा पनि नयाँ आयाम देखिएको छ। बेइजिङमा ट्रम्पको सम्मानमा आयोजित राजकीय भोजका क्रममा राष्ट्रपति सीले अमेरिका र चीनबीचको सम्बन्धलाई आधुनिक युगको सबैभन्दा महत्त्वपूर्ण द्विपक्षीय सम्बन्धका रूपमा चित्रण गरेका थिए भने ट्रम्पले पनि सीलाई आगामी सेप्टेम्बर २४ मा ह्वाइट हाउस भ्रमणको निमन्त्रणा दिइसकेका छन्। 

अमेरिकी राष्ट्रपतिले बेइजिङसँग उत्कृष्ट व्यापार सम्झौता गरेको दाबी गरिरहेका बेला पुटिनको यो प्रस्तावित भ्रमणलाई विश्वले रणनीतिक महत्त्वका साथ हेरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ