arrow

विश्वभर बढ्यो कोरोनाको संक्रमण, खोप लगाउन आग्रह 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १७ शुक्रबार
corona-virus-covid-19.jpg

काठमाडौं । विश्वभर कोरोना भाइरसको संक्रमण बढेको छ । संक्रमण बढेसँगै विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले चिन्ता व्यक्त गरेको छ । डब्लूएचओका अनुसार विश्वका ११० देशमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

कोरोना भाइरसले स्वरूप परिवर्तन गर्दै गए पनि महामारी भने अझै अन्य नभएको र धेरै देशमा अहिले पनि संक्रमण देखिइरहेको डब्लूएचओका अधिकारीहरूले जनाएका छन् । 

“महामारीको स्वरूप परिवर्तन भइरहेको छ, तर महामारी अन्त्य भएको छैन, नयाँ नयाँ स्वरूपमा आउने गरेकाले पूर्ण नियन्त्रण गर्न गाह्रो भएको छ,” डब्लूएचओका महानिर्देशक टेड्रोस अधानोम घेब्रेयससले भने । 

विश्वभरिको तथ्याङ्क हेर्दा अहिले औसतमा २० प्रतिशत संक्रमण वृद्धि भएको पनि उनले जानकारी दिए ।

डब्लूएचओले सबै देशलाई कोरोना भाइरस विरुद्धको खोप लगाउन आग्रह गर्दै आएको र धेरै देशमा कम्तीमा ७० प्रतिशत जनताले खोप लगाएको पाइएको छ । 

पछिल्लो १८ महिनामा विश्वभरी १२ अर्ब खोप वितरण गरिएको पनि उनले पत्रकार सम्मेलनमा जानकारी दिए । 

“विश्वका ५८ देशले मात्रै ७० प्रतिशतभन्दा बढीलाई कोरोना भाइरसविरूद्धको खोप लगाइसकेका छन् । अन्य कतिपय देशले आर्थिक समस्याका कारण खोपको सङ्ख्या त्यो तहसम्म पुर्‍याउन सकेका छैनन्,” उनले भने । 

न्यून आय भएका देशहरूलाई डब्लूएचओ लगायतका कतिपय सहयोगी संस्था तथा निकायको सहयोगमा केही खोप उपलब्ध गराइएको पनि उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ