arrow

विश्वयुद्ध लडेका विलियम्सको ९८ वर्षको उमेरमा मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १७ शुक्रबार
Woody-Williams.jpg

काठमाडौं । हर्शेल डब्ल्यू विलियम्सले दोस्रो विश्वयुद्धमा जापानी सैन्यको तोपगोलाको पर्वाह नगरी कैयौँ सैन्य संरचना एक्लै ध्वस्त पारेका थिए । 

बाइस वर्षका हर्शेललाई उनको सौर्यको सराहना गर्दै सन् १९४५ मा राष्ट्रपति ह्यारी ट्रुम्यानले ह्वाइट हाउसमा राष्ट्रको सर्वोच्च पुरस्कार प्रदान गरेका थिए । 

उनै  जापानी फौजलाई आच्छुआच्छु पारेर राष्ट्रपतिबाट सर्वोच्च पदक पाएका हर्शेल डब्ल्यू विलियम्सको ९८ वर्षको उमेरमा मृत्यु भएको छ । 

वेस्ट भर्जिनियाका स्थायी वासिन्दा उनको हन्टिङगटनस्थित चेट्रान्स अफेयर्स मेडिकल सेन्टरमा बिहिवार मृत्यु भएको हो । “अमेरिकाले समुद्रमा परिचालित एक बहादुर सैनिकमात्र गुमाएको छैन सर्वोच्च सम्मान पाएका स्वतन्त्रताका रक्षकलाई गुमाएको छ,” अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले एक विज्ञप्तिमा भनेका छन् । 

जापानसँगको भीषण युद्धमा अमेरिकी बख्तरबन्द गाडी र पैदल सेनाका लागि उनले बाटोमात्र बनाएनन् जापानीले ठाउँठाउँबाट शत्रुमाथि प्रहार गर्न तयारी अवस्थामा राखेका मेसिनगन  हटाएका थिए । 

शत्रुपक्षले चारैतिरबाट गरेको प्रहारको एक्लै सामना गर्दै उनी चार घण्टा लडेका र जापनी फौजलाई आच्छुआच्छु पारेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ