arrow

प्रभुका संस्थापकले ५० हजार कित्ता शेयर बिक्री गर्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १७ शुक्रबार
prabhu-bank.jpg

काठमाडौं । प्रभु बैंकका एकजना संस्थापक शेयरधनीले संस्थापक शेयर बिक्री गर्ने भएका छन् । संस्थापक सेयरधनी पूर्णमान शाक्यले आफ्नो नाममा रहेको ५० हजार कित्ता शेयर बिक्रीमा ल्याएका हुन् ।

बैंकको बिक्री गर्ने मूल्य र शेयर संख्या भने खुलाइएको छैन । यसमा संस्थापक शेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इन्छुक संस्थापकले १७ असारबाट ३५ दिनभित्र प्रभु बैंकको प्रधान कार्यालय बबरमहल काठमाडौंमा निवेदन दिनुपर्नेछ । 

यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ