arrow

मन्त्री फिर्ता बोलाउँदै जसपा, यी परे यादवको सिफारिसमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १७ शुक्रबार
upendra-yadav-jasapa.jpg

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले सरकारमा सहभागी आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउने भएको छ । अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री शेरबहादुर देउवालाई बिहीबार भेटेर सरकारमा भएका मन्त्रीहरुलाई फिर्ता पठाउन भनेको जसपा उच्च स्रोतले बताएको छ । 

विभाजनको सङ्घारमा रहेको जसपाले विभाजनअघि सहमतिमै मन्त्री हेरफेर गर्न चाहेको छ ।  जसपाबाट सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादव, वन मन्त्री रामसहायप्रसाद यादव र कृषि तथा पशुपक्षी विकास मन्त्री महिन्द्र राय यादव मन्त्री छन् ।

अध्यक्ष उपेन्द्र यादवले मन्त्री पठाउने र फिर्ता बोलाउने अख्तियारी पाएसँगै मन्त्री हेरफेर गर्न लागेका हुन् । सम्भावित नामहरुमा यादवले राजेन्द्र श्रेष्ठलाई हटाएर सामान्य प्रशासन मन्त्रीमा सुशीला श्रेष्ठको नाम सिफारिस गरेको बुझिएको छ । 

त्यस्तै डा सूर्य नारायण यादवलाई वन तथा वातावरण, मोहम्मद इस्तियाक राईलाई भौतिक निर्माण तथा यातायात तथा डा सुरेन्द्र यादवलाई कृषि तथा पशुपंक्षी मन्त्रालयमा सिफारिस गरेको बुझिएको छ । 

यद्यपि अहिलेसम्म भएका मन्त्रीहरुले राजीनामा नदिएसम्म नयाँ मन्त्री बनाउन नमिल्ने भन्दै अझै कुरा बाझिएको जसपा उच्च स्रोतले जनाएको छ । सम्भावित मन्त्रीको सूचीमा परेका एक जनाको भनाइ अनुसार अहिले नै सबै फाइनल भैसकेको छैन । 

मोहम्मद इस्तियाक राई बाबुराम भट्टराई पक्षका थिए । उनले मन्त्री बन्ने आश्वासन पाएपछि भट्टराईलाई छाडेका थिए । तर भट्टराईलाई छाडेका प्रदीप यादवको नाम भने मन्त्रीको सम्भावित सूचीमा छैन । जसपा कार्यालय सचिव प्रकाश अधिकारीले अध्यक्ष यादवले मन्त्रीको नाम पठाउने अख्तियारी पाएका हुनाले उनकै अनुसार मन्त्रीको नाम जाने बताए । 

डा बाबुराम भट्टराई पक्ष भने जसपाबाट बाहिरिने लगभग निश्चित भएको छ । यसअघि बाबुराम पक्षबाट राजेन्द्र श्रेष्ठ मन्त्री छन् । त्यस्तै सुशीला श्रेष्ठ अशोक राईकी पत्नी हुन् । 

पछिल्लो समय अशोक राईले पनि बाबुराम भट्टराईको साथ छाडेको बुझिन्छ । उनी मौन देखिएका छन् । मौन बसेरै उनले उपेन्द्र यादवलाई सघाइरहेको स्रोतको दाबी छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ