arrow

सप्तरी ३ मा उपेन्द्र यादव हारे, रास्वपाका अमरकान्त चौधरी विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २४ आइतबार
upendra-yadav-600x0.jpg.jpeg

काठमाडौँ। सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरकान्त चौधरी निर्वाचित भए। अन्तिम मतपरिणाम अनुसार चौधरीले ३२ हजार ८७५ मत प्राप्त गरी सानदार जित हासिल गरेको निर्वाचन अधिकृतको कार्यालयले जनायो।

उनले आफ्ना निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवलाई १७ हजार ६३६ को भारी मतान्तरले पराजित गरे। मधेस आन्दोलनका मसिहा मानिने यादवले १५ हजार २३९ मत मात्र प्राप्त गरे। यो पराजयसँगै यादवको संसद् यात्रामा यसपटक 'ब्रेक' लागेको छ।

निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार दिनेशकुमार यादव ८ हजार ४२८ मतसहित तेस्रो स्थानमा रहे। त्यस्तै, नेकपा (एमाले) का ताराकान्त चौधरीले ६ हजार ७१५ मत र जनमत पार्टीका सुरेन्द्रप्रसाद शर्माले २ हजार ६८९ मत प्राप्त गरे।

सप्तरीको यो नतिजालाई मधेसको राजनीतिमा एउटा युगको अन्त्य र नयाँ शक्तिको उदयका रूपमा हेरिएको विश्लेषकहरूले बताए। आफ्नै पकड क्षेत्र मानिने सप्तरीमा उपेन्द्र यादवको यो हारले क्षेत्रीय दलहरूका लागि ठूलो चुनौती खडा गरिदिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ