arrow

रुसले भवनमा मिसाइल आक्रमण गर्दा  १० जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १७ शुक्रबार
missile1.jpg

काठमाडौं ।  रुसी सेनाले बिहीबार मध्यरातमा ९ तले भवनलाई निशाना बनाएको छ । रुसी सैनिकले ९ तले भवनमा मिसाइल आक्रमण गरेको छ । 

रुसी सेनाले युक्रेनको ओडेसा ओब्लास्टमा रहेको ९ तले भवनमाथि आक्रमण गर्दा १० जनाको ज्यान गएको छ भने सात जनाभन्दा बढी घाइते भएका छन् । 

आक्रमणपछि त्यहाँ उद्धार कार्य जारी छ। मृत्यु हुनेको सङ्ख्या बढ्न सक्छ।

यसअघि जुन २७ मा रुसले युक्रेनको सेन्ट्रल मलमा मिसाइल प्रहार गर्दा १८ सर्वसाधारणको मृत्यु भएको थियो । 

आक्रमणपछि युक्रेनी राष्ट्रपति  जेलेन्स्कीले रुसी राष्ट्रपति पुटिनलाई आतंकवादी भनेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ