arrow

कङ्गाल भएको श्रीलंकामा मुद्रास्फीति ५४ प्रतिशत पुग्याे

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १७ शुक्रबार
sri-lanka-protest-sri-lanka.jpg

काठमाडौं । श्रीलंकाको मुद्रास्फीति निरन्तर बढेर जुन महिनामा नवौं उच्च बिन्दूमा पुगेको छ । कङ्गाल भएको देशलाई आईएमएफले गलत मूल्य र भ्रष्टाचारमा लगाम लगाउन भनेको एक दिनपछि शुक्रबार आधिकारिक तथ्याङ्कले मुद्रास्फीति ५४.६ प्रतिशत पुगेको देखाएको हो ।

जनगणना एवं तथ्याङ्क विभागका अनुसार कोलम्बो उपभोक्ता मूल्य सूचकांक (सीसीपीआई) मा मूल्यवृद्धिले ५० प्रतिशतको आँकडा पार गरेको यो पहिलो पटक हो ।

अन्तर्राष्ट्रिय मुद्रा कोषले बढ्दो मुद्रास्फीतिलाई नियन्त्रण गर्न र विदेशी मुद्रा सङ्कटले त्रसित भएको संकटग्रस्त अर्थतन्त्रलाई बचाउने प्रयासको रूपमा भ्रष्टाचारलाई सम्बोधन गर्न आग्रह गरेको केही घण्टापछि यो तथ्याङ्क आएको हो ।

आईएमएफले श्रीलंकाको अनुरोधपछि सम्भावित बेलआउटका लागि त्यहाँका अधिकारीहरूसँग १० दिनको व्यक्तिगत छलफल बिहीबार सकाएकाे छ ।

यो वर्ष अमेरिकी डलरको तुलनामा श्रीलंकाको रुपैयाँले आधाभन्दा बढी मूल्य गुमाएको छ ।

श्रीलंकाका २ करोड २० लाख मानिसले महिनौंदेखि खाद्यान्न, इन्धन र औषधिलगायत अत्यावश्यक वस्तुको तीव्र अभाव भोग्दै आएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ