arrow

अफ्रिकाका १२ देशमा मङ्कीपक्स 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १७ शुक्रबार
monkeypox-virus.jpeg

काठमाडौं । अफ्रिकाका १२ देशहरूमा हालसम्म मङ्कीपक्स सङ्क्रमण एक हजार ७८२ जनामा भेटिएको अफ्रिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (अफ्रिका सीडीसी) ले शुक्रबार जनाएको छ ।

अफ्रिका सीडीसीका कार्यकारी निर्देशक अहमद ओगवेलका अनुसार अफ्रिकामा रिपोर्ट गरिएका एक हजार ७८२ विरामीमध्ये १०४ जनामा मङ्कीपक्स सङ्क्रमण पुष्टि भएको र उक हजार ६७८ शंकास्पद सङ्क्रमित रहेका छन् । 

बेनिन, मोरक्को र दक्षिण अफ्रिका यस सङ्क्रमणको महामारी नदेखिएका मुलुक हुन् भने अन्य सदस्य राष्ट्रमा सङ्क्रमितको सङ्ख्या बढेको पाइएको छ । 

“दुःखको कुरा, मङ्कीपक्सको प्रकोपले गर्दा यस महादेशमा ७३ जनाको मृत्यु भएको छ र मृत्यु दर ४।१ प्रतिशत पुगेको छ,” सीडीसीका कार्यकारी निर्देशकले बताए । 

पहिले कुनै घटना नभएका  देशहरू इथियोपिया, गिनी, लाइबेरिया, मोजाम्बिक, सिएरा लियोन, सुडान र युगान्डामा पनि सङ्क्रमित भेटिएका विश्व स्वास्थ्य संगठनले जनाएको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ