arrow

सुशासन, विकास र समृद्धिको राष्ट्रिय अभिभारा पूरा गर्न लागौं : पूर्वमन्त्री विक

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १८ शनिबार
jagat bk.jpg

पोखरा । पूर्व युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले सुशासन, विकास र समृद्धिको राष्ट्रिय अभिभारा पूरा गर्न सबै लागि पर्नुपर्ने बताएका छन् ।

जिल्ला समन्वय समिति कास्कीको आयोजनामा जिल्लाको वार्षिक समीक्षा कार्यक्रम शुभारम्भ गर्दै उनले निर्वाचित जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी र जनताको एकीकृत प्रयासले मात्रै समृद्धिको राष्ट्रिय अभिभारा पूरा हुने  बताए । विश्वकर्माले समृद्धिको नेतृत्व कास्कीले गर्नु पर्ने भन्दै यसका लागि हरतरहले प्रयास केन्द्रित गर्न आग्रह गरे ।

संघीय सांसद विद्या भट्टराई अधिकारीले विकासका लागि प्रतिवद्धता र कार्यान्वयन महत्वपूर्ण हुने भन्दै विगतमा विकास निर्माणका काममा देखिएका कमजोरी सच्याउँदै नयाँ कार्ययोजनाका साथ काममा खटिन आग्रह गरिन् ।

पूर्व सांसद दुर्गा विकले जनप्रतिनिधि साझा भएको भन्दै विकासमा राजनीति नगर्न सुझाव दिइन । उनले सबैको साझा एजेन्डा विकास भएकोले त्यसैमा केन्द्रित हुन सबैलाइ आग्रह गरिन् । 

गण्डकी प्रदेश सभाका उपसभामुख सृजना शर्माले गम्भीर समीक्षासहित विकासको काममा खटिन आग्रह गरिन् ।

जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलले जनअपेक्षा पूरा गर्न पालिकाका प्रतिनिधि र राष्ट्रसेवक कर्मचारी सबै लाग्नुपर्नेमा जोड दिंदै स्थानीय तहमा बेरुजु मुक्त र पूर्ण समृद्ध जिल्ला निर्माणमा लाग्न आग्रह गरे । उनले अझै पनि केही पालिकाकाहरु आफ्नो कार्य सम्पादनको समीक्षामा तयार नहुनु विकासप्रतिको अनुत्तरदायी भएको जिकिर गरे ।

कार्यक्रममा कास्कीका पालिकाहरु र विषयगत कार्यालयतर्फबाट समीक्षा प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

जिसस प्रमुख लीलाधर पौडेलको अध्यक्षतामा भएको  कार्यक्रममा उपप्रमुख सरिता कुमालले स्वागत र जिल्ला समन्वय अधिकारी नवराज बरालले कार्यक्रम संचालन गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ