arrow

युक्रेनको प्रमुख शहर चारैतिरबाट घेरेको दाबी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १९ आइतबार
Severodonetsk-russia-ukraine-war.jpg

एएफपी । रुसले युक्रेनविरूद्ध युद्ध शुरू गरेपछि पूर्वी युक्रेनमा रहेका विद्रोही समूहलाई हौसला मिलेको छ भने राष्ट्रवादी समूहहरू विदेश पलायन हुन बाध्य बनेका छन् ।

यसैबीच रूस निकट युक्रेनी पृथकतावादी समूहले लाइसेच्यान्स्कलाई आफ्नो नियन्त्रणमा लिन अब धेरै नलाग्ने बताएको छ ।

शनिवार उक्त समूहले भनेको छ, “युक्रेनको पूर्वी क्षेत्र लुगान्स्कको एक प्रमुख महत्त्वको शहर लाइचेस्यान्कलाई आफूहरूले चारैतिरबाट घेरा हालिसकेको छ ।”

युक्रेनी पृथकतावादी समूहका प्रवक्ता एन्दे्रई मारोच्कोले रूसी सञ्चारमाध्यम ताससँग भने, “रूसी सेनाको सहयोगमा लुगान्स्को प्रमुख लडाकु समूहले शहरमाथिको अन्तिम रणनीतिक लडाइँलाई पूरा गरिसकेको छ । अब हामीले लाइचेस्यान्कलाई पूर्णतया घेरा हालेको पुष्टि भएको छ ।”

 देश छोड्न नचाहने केही नागरिकले देशको सेनालाई भौतिक तथा कुटनीतिक रूपमा सहयोग गरी रूसी सेनाको कारबाहीलाई रुसले अपेक्षा गरेकोजस्तो सहज हुनबाट अवरोध सिर्जना गरेको छ  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ