arrow

पृथ्वीभन्दा बाहिरका जीवले कोरोना फैलाएको किमको दाबी, बेलुनबाट फ्याँके भाइरस

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १९ आइतबार
Kim-Jong-Un.jpg.jpeg

काठमाडौं । उत्तर कोरियाली नेता किम जोङ उनले अनौठो बयान दिएका छन् । कोरियाली नेता किमले एलियन  (पृथ्वी भन्दा बाहिरी अन्य ग्रहका जीव जन्तुहरू ) का कारण कोरोना फैलिएको दाबी गरेका छन् ।

किम जोङले  देशमा पहिलो कोरोना केस पनि एलियनका कारण भेटिएको भनेका छन् । उनले दक्षिण कोरियासँग जोडिएको सिमानाबाट बेलुनमा एलियनले भाइरस फ्याँकेको बताए । त्यसयता देशमा कोरोना भाइरसको सङ्क्रमण फैलिएको उनको दाबी छ ।

उत्तर कोरियामा अप्रिलमा १८ वर्षका सैनिक र ५ वर्षका बालकले ‘एलियन जस्तो वस्तु’ छोएको अफवाह फैलिएको छ । त्यसपछि दुवैमा कोरोनाको लक्षण देखिएको थियो ।

तर, छिमेकी देश दक्षिण कोरियाले एलियनबाट फैलिएको कुरालाई बकवास भनेको छ ।  उत्तर कोरियाको समाचार एजेन्सी केसीएनएका अनुसार सरकारले सीमासँग जोडिएका क्षेत्रका लागि केही निर्देशन दिएको छ । 

सरकारले सिमाना नजिकै बसोबास गर्ने मानिसलाई हावाबाट आउने वस्तु बेलुन, एलियनजस्ता वस्तुबाट सचेत रहन भनेको छ । यदि कसैले यस्तो देख्यो भने प्रहरीलाई खबर गर्न आग्रह गरिएको छ ।

 मे १२ मा उत्तर कोरियाले आफ्नो देशमा पहिलो पटक कोरोना भाइरस भेटिएको घोषणा गरेको थियो । यसपछि किम जोङले पुरै देशमा लकडाउन लगाएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ