arrow

रुसमा भयानक बिष्फोट : ११ अपार्टमेन्ट र ३९ निजी भवन ध्वस्त, तीन जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १९ आइतबार
russia-bombed-school-ukraine.jpg

काठमाडौं । युक्रेनको सिमाना नजिक रहेको रुसी सहर बेलगोरोडमा भएको विस्फोटमा कम्तीमा तीन जनाको मृत्यु भएको क्षेत्रीय गभर्नर व्याचेस्लाभ ग्लाडकोभले बताएका छन् ।

विष्फोटले ११ वटा अपार्टमेन्ट भवन र कम्तीमा ३९ वटा निजी आवासीय भवन आंशिक रूपमा ध्वस्त पारेको छ ।

विष्फोट भएसँगै वायु रक्षा प्रणाली सक्रिय गरिएको छ । रुसी गभर्नरको भनाइलाई स्वतन्त्र रूपमा पुष्टि भने गर्न सकिएको छैन।

यो जानकारी टेलिग्राममा ग्लाडकोभको च्यानलमा उल्लेख गरिएको बताइएको छ । रुसले २४ फेब्रुअरीमा युक्रेनलाई असैनिकीकरण र डि नाजिफाई गर्न चाहेको दाबी गर्दै आक्रमण सुरु गरेको थियो ।

त्यसयता हजारौं नागरिक र लडाकुहरू मारिएका छन् भने, १२ लाख बढी मानिसहरू आफ्नो घर छोडेर भागेका छन्।

यस विरुद्ध पश्चिमी राज्यहरूले युक्रेनलाई हतियार दिएर र आणविक महाशक्ति एवं विश्वव्यापी ऊर्जा आपूर्तिकर्ता रुसमाथि अभूतपूर्व प्रतिबन्ध लगाएर प्रतिक्रिया दिएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ