- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ। माछापुच्छ्रे बैङ्कले बाग्मती प्रदेशको धादिङ सिथत सिम्लेमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। बैङ्कले असार १७ गते शुक्रवार औपचारिक कार्यक्रमको आयोजना गरी नयाँ शाखाको उद्घाटन गरेको हो। १६५ औ उक्त शाखा कार्यालयको नेपाल पेट्रोलियम डिलर राष्ट्रिय महासङ्घका महासचिव विश्व प्रकाश अर्याल, थाक्रे गाउँपालिकाका अध्यक्ष राम कुमार आचार्य एवं माछापुच्छ्रे बैङ्क लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत सर्जु कुमार थापाले संयुक्त रूपमा उद्घाटन गरेका थिए। उक्त कार्यक्रममा बैङ्कका नायब महाप्रबन्धक प्रसिद्ध राज अर्यालज्यूको पनि उपस्थिति रहेको थियो।
धादिङ जिल्लामा खोलिएको नयाँ शाखा सँगै यस जिल्लामा मात्रै बैङ्कका ४ वटा शाखा सञ्चालनमा रहेका छन्।
माछापुच्छ्रे बैङ्कले देशका हरेक वर्ग र समुदायसम्म बैङ्किङ सेवाको पहुँचका लागि नयाँ नयाँ स्थानहरूमा आफ्नो सेवा विस्तार गर्दै आएको छ। नयाँ शाखाहरू मार्फत कर्जा, निक्षेप लगायतका अन्य सम्पूर्ण बैङ्किङ सुविधाहरूको साथमा २४ सै घण्टा एटिएम सेवा पनि उपलब्ध गराउँदै आएको छ।
माछापुच्छ्रे बैङ्कले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, ८ एक्सटेन्सन काउन्टर, १६६ शाखारहित बैङ्किङ सेवा, २०५ एटिएम मार्फत १३ लाख भन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गर्दै आइरहेको बैङ्कले जनाएको छ।