arrow

भियतनाम युद्धमा जलेकी 'नेपलम  गर्ल' काे ५० वर्षपछि अन्तिम उपचार

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १९ आइतबार
neplamgirl-vietnam war.jpg

काठमाडौं । भियतनाम युद्धका बेला खसालिएको नेपलम बमबाट जलेकी एक महिलाले ५० वर्षपछि आफ्नो जलेको छालाको अन्तिम उपचार गरेकी छिन् ।

सन् १९७२ मा दक्षिण भियतनामी स्काइराइडर आक्रमण विमानले नेपलम बम खसालेको थियो । त्यतिबेला किम फुक फान थी नाम गरेकी बालिका ९ वर्ष उमेरकी थिइन् ।

बम खसालिएसँगै बिना कपडा पीडामा चिच्याउँदै सडकमा दौडिरहेकी किम फुक फान थीको तस्बिर फोटोग्राफर निक उटले खिचेका थिए । त्यो फोटोले एसोसिएटेड प्रेस फोटोग्राफरको लागि पुलित्जर पुरस्कार जितेको थियो ।

फोटोग्राफरले ती बालिकालाई मेडिकल उपचारका लागि आफूसँगै केही परसम्म लगेर सहयोग गरेका थिए । यस घटनाले  किम फुक फान थीलाई 'नेपलम गर्ल' भनेर चिनाएको थियो । त्याे तस्बिर युद्धको  भियतनामी युद्धको परिणामको प्रतीक बनेको थियो ।

उनी अन्ततः आफ्नो चोटबाट निको भएपछि सन् १९९२ सम्म भियतनाममा बसेकी थिइन् र आफ्नो श्रीमान्सँग पछि हाल क्यानाडामा सरेकी थिइन् ।  यस हप्ता ५९ वर्षीया महिलाले मियामी डर्मेटोलजी र लेजर इन्स्टिच्युटमा उनको १२ औं र अन्तिम चरणको लेजर उपचार गरेको एनबीसी ६ दक्षिण फ्लोरिडाले जनाएको हो ।

शल्यक्रियापछि उनले आफ्नो जीवन बचाउने श्रेय दिने फोटोग्राफरलाई पनि भेटेकी छिन् । 'अब ५० वर्षपछि, म युद्धको शिकार छैन, म नेपलम गर्ल होइन, अब म साथी हुँ, सहयोगी हुँ, म हजुरआमा हुँ र अहिले शान्तिको लागि आवाज उठाउँछु,' उनले भनेकी छिन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ