arrow

बस खोंचमा खस्दा कम्तीमा १९ जनाको मृत्यु, १४ घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १९ आइतबार
accident-final-1618290232.jpg

काठमाडौं । पाकिस्तानको पश्चिममा रहेको सहरनजिकै एउटा बस खोंचमा खस्दा कम्तीमा १९ जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा १४ जना घाइते भएका छन् । रावलपिण्डीबाट क्वेटातर्फ जाँदै गरेको बस खैबर पख्तुनख्वा प्रान्तको दानिसारनजिक सडकबाट केही मिटर तल खसेको थियो । 

पुराना सवारी साधन, कमजोर सडक, चालकको लापरबाही लगायतका कारण पाकिस्तानमा बारम्बार सडक दुर्घटना हुने गरेका छन् । गत महिना बालोचिस्तानमा एउटा खोंचमा बस खस्दा कम्तीमा २२ जनाको मृत्यु भएको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ