arrow

परराष्ट्र मन्त्रालयले एसपीपीमा सहभागी नहुने पत्र अमेरिकालाई पठाउन किन गर्‍यो ढिलाइ ? 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १९ आइतबार
sewa-lamsal-foreign-ministry-speaker.jpg

काठमाडौं । सरकारले अमेरिकी स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) मा सहभागी नहुने निर्णय गरेको दुई साता पुग्न लाग्दा पनि अमेरिकालाई पत्राचार गरेको छैन । ६ असारमा बसेको मन्त्रिपरिषद् बैठकले एसपीपीमा सहभागी नहुने भनेर अमेरिकालाई पत्र लेख्ने निर्णय गरे पनि हालसम्म पत्राचार नगरेको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिइन् ।

परराष्ट्र मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता लम्सालले एसपीपीमा सहभागी नहुने भन्दै अमेरिकी सरकारलाई गर्ने पत्राचार गर्ने बारेमा अध्ययन भइरहेको जानकारी दिइन् । 

सरकारको निर्णय मन्त्रालयले प्राप्त गरेको बताएकी उनले सरकारको निर्णयलाई कूटनीतिक माध्यमबाट कार्यान्वयन गर्दै पत्राचार गर्ने जानकारी दिइन् । 

पत्रकार सम्मेलनमा प्रवक्ता लम्सालले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण अपेक्षित भएको बताइन् । प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणबारे कुरा चलिरहेको जानकारी दिएकी उनले भ्रमण मितिको टुंगो लाग्न भने बाँकी रहेको बताइन् । 

यसैबीच प्रवक्ता सेवा लम्सालले कोरोना भाइरस संक्रमणका कारण अध्ययन बीचमै छाडेर नेपाल फर्किएका विद्यार्थी अध्ययनलाई निरन्तरता दिन पुनः चीन जान पाउने जानकारी दिइन् । 

नेपाल फर्किएका ८५० विद्यार्थीमध्ये पहिलो चरणमा २८१ जनालाई चीनले मंगलबार लैजाने उनले बताइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ