arrow

खेरसनलाई युक्रेनबाट अलग गराउन रुसले जनमत संग्रह गराउँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १९ आइतबार
russia-ukraine-kherson.jpg

काठमाडौं । रुसले युक्रेनबाट कब्जा गरेको खेरसन ओब्लास्टमा जनमत संग्रह गर्ने योजना बनाएको बेलायतको रक्षा मन्त्रालयले बताएको छ ।प्रमुख दक्षिणी सहरमा क्रेमलिन समर्थित अधिकारीहरूले यसअघि नै उनीहरूले युक्रेनमा संलग्न हुन अनुरोध गर्दै जनमत संग्रह गर्ने घोषणा गरेका थिए ।

आइतबारको आफ्नो पछिल्लो खुफिया अपडेटमा रक्षा मन्त्रालय (एमओडी) ले रुसले खेरसन क्षेत्रमा आफ्नो नियन्त्रणलाई वैध बनाउने प्रयासमा 'छद्म संवैधानिक मतदान' लाई प्राथमिकता दिइरहेको बताएको हो ।

यसका लागि यसले सम्भवतः मतदानमा धाँधली गर्नसक्ने कुरासमेत खुफिया रिपोर्टमा उल्लेख गरिएको छ ।

यो शहर मार्चको शुरुदेखि नै रुसी नियन्त्रणमा रहेको छ । यो शहरका पूर्व मेयर इहोर कोलिखायेभलाई युक्रेनबाट सहरलाई हटाउनका लागि जनमत संग्रह गर्न अस्वीकार गरेपछि  गत महिना हिरासतमा राखिएको थियो । 

यो सबका बाबजुद पनि कब्जा गरिएका क्षेत्रहरूमा व्यापक सशस्त्र र शान्तिपूर्ण प्रतिरोध जारी रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ