arrow

पोखराको आमा मिलन र शैक्षिक समाज सहकारी पुरस्कृत

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १९ आइतबार
sahakari samman.jpg

पोखरा । राष्ट्रिय सहकारी बैंक लिमिटेड पोखरा शाखाले पोखराका दुईवटा सहकारी संस्थालाई बैंकको व्यवसाय पुरस्कार प्रदान गरेको छ ।

आर्थिक वर्ष २०७७/०७८ मा बैंकमा नियमित कारोबार गर्ने र उत्कृष्ट कारोबार गर्ने एक/एक वटा सहकारी संस्थालाई बैंकले पुरस्कृत गरेको हो । उत्कृष्ट कारोबार विधामा पोखरास्थित आमा मिलन र नियमित विधामा शैक्षिक समाज बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई पुरस्कृत गरिएको हो ।

आमा मिलन सहकारीका अध्यक्ष ईन्दिरा पौडेल र शैक्षिक समाज सहकारीका अध्यक्ष लिलाधर बराललाई बैंककातर्फबाट राष्ट्रिय सहकारी महासंघका सञ्चालक हुमाकुमारी जि.सी.(अञ्जु), बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जिसी, पोखरा शाखा समन्वय उपसमितिका संयोजक मेजर तुलसी प्रसाद गुरुङलगायतले पुरस्कृत गरेका हुन् ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका सञ्चालक हुमाकुमारी जिसी (अञ्जु) ले सहकारी क्षेत्रमा देखिएका समस्याहरुको समाधानका लागि सहकारी अभियानका बीचमा सहकार्य र समन्वय आवश्यक रहेको बताइन् । उनले एकतावद्ध अभियानमार्फत तीन वटै तहका सरकारलाई सहकारी मैत्री नीति निर्माण र कार्यान्वयनमा दवाव सिर्जना गर्नुपर्नेमा जोड दिइन् ।   

राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसी, नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघका सञ्चालक तथा सहकारी बैंक व्यवसाय प्रवर्द्धन उपसमितिका सदस्य सुरेन्द्रमणी पौडेल, बैंकको पोखरा शाखाका सल्लाहकार तथा नेफस्कुनका पूर्व सञ्चालक भीम गुरुङ, पोखरा शाखाका सल्लाहकार तथा जिल्ला सहकारी संघ कास्कीका निवर्तमान अध्यक्ष रविरमण तिवारी, बैंक शाखा समन्वय उपसमितिका सदस्यहरु केदार न्यौपाने, हरिभक्त पौडेल, चित्रराज बराल, लक्ष्मण बाँस्तोला लगायतले कार्यक्रममा बोलेका थिए । 

बैंकको पोखरा शाखा समन्वय उपसमितिका संयोजक मेजर तुलसी प्रसाद गुरुङको अध्यक्षता भएको कार्यक्रमको सञ्चालन बैंकका शाखा प्रमुख नरेश पाण्डेले गरेका थिए । 

राष्ट्रिय सहकारी बैंक पोखरा शाखामा ३५५ वटा सहकारी संघसंस्था सदस्य, १८ करोड शेयर पूँजी, दुई अर्ब निक्षेप, करिव एक अर्ब कर्जा लगानी रहेको शाखा प्रमुख नरेश पाण्डेले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ