arrow

एसपीपी बारे परराष्ट्रले भन्यो- उपयुक्त समयमा अमेरिकालाई पत्र पठाउँछौँ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २० सोमबार
foreign-ministry-parrastra-mofa.jpg

काठमाडौं । परराष्ट्र मन्त्रालयले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) बारे उपयुक्त समयमा अमेरिकालाई पत्र पठाउने बताएको छ । प्रवक्ता सेवा लम्सालले एसपीपी रद्द गर्ने मन्त्रिपरिषद्को निर्णय अध्ययनकै क्रममा रहेको बताएकी छन् । 

उनले भनिन् ̔ निर्णय बारे मन्त्रालय जानकार रहेको र उपयुक्त समयमा अमेरिकालाई पत्र पठाउने छौँ ।’  सदनमा विरोध भएपछि मन्त्रिपरिषद् बैठकले ६ असारमा सो सम्झौता अस्वीकार गर्ने निर्णय गर्दै त्यसको जानकारीका लागि अमेरिकालाई पत्र पठाउने निर्णय गरेको थियो ।

एसपीपीबारे यसअघि भएका निर्णयबारे परराष्ट्र मन्त्रालयको कहिकतै संलग्नता नभएको समेत उनले स्पष्ट पारेकी छन् । प्रवक्ता लम्सालले भनिन्, ‘अध्ययनकै क्रममा भएकाले पत्र पठाएको छैनौं, उपयुक्त समयमा अमेरिकालाई पत्र पठाउँछौँ । ’

नेपाली सेनाले परराष्ट्र मन्त्रालयलाई उपेक्षा गर्दै एसपीपीबारे अमेरिकाको युटा राज्यस्थित नेसनल गार्डसँग समझदारी गरेको विषय सार्वजनिक भएपछि त्यसको चौतर्फी विरोध भएको थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणका लागि विभिन्न चरणमा गृहकार्य गर्नुपर्ने भएकाले मिति तय हुन समय लाग्ने उनले बताइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ