arrow

सपिङ मलमा गोली प्रहार हुँदा ३ जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २० सोमबार
gun-bullet-ar.jpeg

काठमाडौं । डेनमार्कको राजधानी कोपनहेगनको एक सपिङ मलमा गोली प्रहार हुँदा ३ जनाको मृत्यु भएको छ ।  बन्दुकधारीले गरेको गोली प्रहारबाट अरु तीन जना गम्भीर घाइते भएका छन् ।

बन्धुकधारीले दक्षिण कोपनहेगनको सबैभन्दा ठूलो फिल्ड्स मलभित्र आइतबार गोली प्रहार गरेका हुन् । गोली आक्रमणबाट मृत्यु हुनेमा एक जना ४० वर्षीय पुरुष र अन्य दुई जना युवा रहेका छन् ।

आक्रमणमा संलग्न २२ वर्षीय एक जना युवकलाई नियन्त्रणमा लिइएको त्यहाँको प्रहरीले जनाएको छ । आक्रमण गर्नुको कारण नखुलेको र अनुसन्धान जारी रहेको जानकारी पनि प्रहरीले दिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ