arrow

पेरूमा ७० प्रतिशतले बढ्यो संक्रमण

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २१ मंगलबार
corona-covid-dalta-plus.jpg

लिमा । पेरुमा कोरोना भाइरसबाट संक्रमितहरूको सङ्ख्या ७० प्रतिशतले वृद्धि भएको छ । 

सरकारी अधिकारीहरूले आइतबार दिएको जानकारीअनुसार पछिल्लो हप्ता पेरुमा १७ हजार ८४१ जना संक्रमित भएका छन् । यो सङ्ख्या अघिल्लो हप्ताको भन्दा ७० प्रतिशतले बढी भएको जनाइएको छ ।

दक्षिण अमेरिकी यस मुलुकमा कोरोना भाइरसबाट अहिलेसम्म ३६ लाख ३४ हजार ९१८ जना संक्रमित भएका छन् । 

त्यसैगरी अहिलेसम्म दुई लाख १३ हजार ५४५ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको अधिकारीहरूले जनाएका छन् । 

स्वास्थ्य मन्त्रालयले ३० बर्ष वा सोभन्दा बढी उमेरका व्यक्तिहरू बढी प्रभावित भएको देखिएको जनाएको छ ।

पेरुमा अहिलेसम्म सात करोड ८० लाखभन्दा बढी खोप लगाइसकिएको छ । दुई करोड ७० लाखभन्दा बढीले खोपको दुवै मात्रा लगाएका छन् । 

त्यसैगरी एक करोड ८० लाख भन्दा बढीले कोभिडविरूद्धको खोपको तीन मात्रा लगाएका छन् भने २० लाखभन्दा बढीले चौथो मात्रा पनि लगाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ