arrow

स्वतन्त्रता दिवसकै दिन अमेरिकामा गोली चल्यो, ६ को मृत्यु २४ घाइते 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २१ मंगलबार
cicago-gun-shoot-killed-2022-07-05.jpg

काठमाडौं । अमेरिकाको शिकागोको एक उपनगरमा गोली चल्दा ६ जनाको मृत्यु भएको छ । उक्त घटनामा कम्तीमा २४ जना घाइते भएका छन् । 

एक बन्दुकधारीले स्वतन्त्रता दिवसको उत्सव शुरु भएको केही मिनेटपछि एउटा  पसलको छतबाट परेडमा गोली चलाएको थियो । 

गोली चलेपछि सर्वसाधारण मानिस आतंकित बनेर भाग्दै गरेको भिडियो सामाजिक सञ्जालमा देख्न सकिन्छ । बन्दुक हमलाबारे प्रहरीले अनसन्धान शुरु गरेको छ ।

उक्त शंकास्पद व्यक्तिलाई पक्राउ गरिसकेको प्रहरीलाई उधृत गर्दै समाचार एजेन्सी एएफपीले लेखेको छ । 

यो घटनाले अमेरिकाको सबैभन्दा ठूलो देशभक्तिपूर्ण स्वतन्त्रता दिवसको छुट्टी खल्लो भएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ