arrow

लिसिचान्स्क कब्जा गरेपछि पुटिनले सेनालाई दिए बधाई, अन्तरिक्षमा फहराइयो झण्डा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २१ मंगलबार
ukr-flag.jpg

काठमाडौं । रूसी सेनाले लिसिचान्स्क शहर कब्जा गरेपछि राष्ट्रपति भ्लादिमिर पुटिनले रूसी सैनिकहरूलाई बधाई दिएका छन् । युक्रेनको सम्पूर्ण डोनबास क्षेत्र कब्जा गर्ने लक्ष्यअनुरूप  लुहान्स्क प्रान्तको प्रमुख अन्तिम सहरलाई रूसी सेनाले नियन्त्रणमा लिएपछि पुटिनले रूसी सेनालाई बधाई दिएका हुन् । 

बधाई दिँदै पुटिनले भनेका छन् - 'लिसिचान्स्क कब्जामा संलग्न सैनिकहरूले आराम गर्नुपर्छ तर अन्य सैन्य इकाईहरूले युद्ध जारी राखुन्।' रुस–युक्रेन युद्धको आज १३२ औं दिन हो । 

साथै लुहान्स्क कब्जा गरेपछि रुसी अन्तरिक्ष यात्रीहरूले सोमबार अन्तरिक्षमा उत्सव मनाएका छन् । रुसी स्पेस एजेन्सीले रुस समर्थित पूर्वी युक्रेनको झण्डासहित उत्सव मनाउँदै गरेको तीन अन्तरिक्ष यात्रीको तस्बिर साझा गरेको छ। 

रुसी अन्तरिक्ष एजेन्सी ‘रोस्कोसमोस’ ले लेखेको छ,'लामो समयपछि त्यो दिन आएको छ, जसको लुहान्स्क क्षेत्रका बासिन्दाहरू आठ वर्षदेखि पर्खिरहेका थिए ।'

यता युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसले सम्पूर्ण लुहान्स्क क्षेत्रको नियन्त्रण लिएपछि लिसिचान्स्क सहर सहित सबै गुमेको क्षेत्र फिर्ता गर्ने वाचा गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ