arrow

कोरोना महामारी फेरि भयावह : ९० नयाँ थपिए, ४ सय नाघे संक्रमित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २१ मंगलबार
corona-2021.jpg

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ९० जनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यस अवधिमा देशभर २० जना मात्रै संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १९४४ पीसीआर परीक्षणमा ७३ र ११६८ एन्टीजेन परीक्षणमा १७ गरी ९० जनामा संक्रमण पुष्टि भएको हो । कुल ३ हजार १ सय १२ नमुना परीक्षण गरिएको थियो । 

यसरी हेर्दा संक्रमण दर २.८९ लगभग ३ प्रतिशत देखिएको छ । पीसीआर विधिबाट मात्रै संक्रमित हुनेको सङ्ख्या हेर्दा संक्रमण दर ३.७५ लगभग ४ प्रतिशत पुगेको छ ।

यससँगै देशभर सक्रिय संक्रमितको सङ्ख्या ४ सय १ पुगेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ