arrow

चीनसँग स्थिर सम्बन्ध खाेज्दै अमेरिका

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २१ मंगलबार
wang-yi-antony-blinken.jpg

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले यस हप्ता बालीमा हुने जी२० विदेश मन्त्रीहरूको बैठकसँगै चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेट गर्ने भएका छन् ।

गत अक्टोबर पछि दुवै प्रमुख शक्ति राष्ट्रका विदेशमन्त्रीबीच पहिलो आमने सामने भेट हुन लागेको हो । अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनले बेइजिङलाई मास्कोसँगको सम्बन्ध गहिरो बनाउनबाट रोक्दै मुद्रास्फीति कम गर्नका लागि चीनमा ट्यारिफ उठाउने विषयमा अमेरिकी अधिकारीहरूले मुद्रास्फीति कम गर्नका लागि चीनमा ट्यारिफ उठाउने कुरा अघि बढाउन खोजेका बेला दुवै जनाबीच भेट हुन लागेको हो ।

ताइवानको विषयलाई लिएर दुई शक्ति राष्ट्रबीच तनाव बढेका बेला यो भेटले दुई देशबीचको सम्बन्धमा स्थितरता आउने विश्वास अमेरिकी अधिकारीले गरेका छन् ।

'बैठकको मुख्य लक्ष्य भनेको गलत बुझाईका कारण दुवै देशबीच टकराव नफैलियोस् भनेर सम्बन्धमा गार्डरेल सुदृढ पार्नु हुनेछ,' एक अमेरिकी अधिकारीले न्युयोर्क टाइम्सलाई भनेका छन् । ती अधिकारीले अघि भनेका छन्, 'मलाई लाग्छ आमनेसामने कूटनीतिको विकल्प छैन र अहिलेको समय सही हो ।'

यस्तै बैठकमा अमेरिकाले मास्कोसँग बेइजिङको गहिरीदो सम्बन्धलाई सोच्न बाध्य पार्नेगरी युक्रेन युद्धको केही अंश समेत केन्द्रित गरिने बताइएको छ । 

फेब्रुअरी २४ मा युक्रेनमाथिको आक्रमणपछि बेइजिङले युद्ध रोक्नका लागि आग्रह गरे पनि रुसमाथि प्रतिबन्ध भने लगाएको छैन ।

बैठकमा ब्लिन्केनले रुसी विदेशमन्त्री सर्गेई लाभरोभसँग छुट्टै वार्ता गर्ने अपेक्षा गरिएको छैन । युक्रेनमाथि रुसको आक्रमणपछि यी दुई जनाबीच भेट भएको छैन ।

गत अप्रिलमा वाशिंगटनमा भएको जी२० अर्थमन्त्रीहरूको बैठकमा रुसी प्रतिनिधिहरूले आफ्नो टिप्पणी शुरु गर्दा अमेरिकी ट्रेजरी सेक्रेटरी जेनेट एल येलेन र फेडरल रिजर्भका अध्यक्ष जेरोम एच पावेललगायत पश्चिमी अधिकारीहरू बाहिरिएका थिए ।

संयुक्त राज्य अमेरिकामा मुद्रास्फीति ८ दशमलव ६ प्रतिशतमा पुगेकाले चीनमाथि लगाइएका  कर हटाउने वा नहटाउने भन्ने विषयमा बाइडेन प्रशासनभित्रको विवादका बीच वाङसँग भेटवार्ता हुन लागेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ