arrow

दुई कित्ते जसपाभित्र जुँगाको लडाइँ, बाबुरामले बोलाएको भेलासँग जुध्ने गरी उपेन्द्रको बैठक

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २१ मंगलबार
upendra-baburam.JPG

काठमाडौं । जनता समाजवादी पार्टी जसपामा व्यर्थको लडाइँ देखिएको छ । दुई पक्ष टुक्रिने निश्चित प्रायः भइसकेको अवस्थामा अझै पनि एकले अर्कोलाई माइनस गर्ने रणनीति बुनिरहेका छन् । संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराइले बोलाएको केन्द्रीय समितिको विस्तारित बैठकसँग जुध्ने गरी कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादवले एउटै मितिमा केन्द्रीय समितिको बैठक बोलाएका छन् ।

यादवले यसअघि असार २७ र २८ गते पार्टीको बैठक बोलाएका थिए । सोमबार भट्टराई पक्षीय नेताहरूले छलफल गरी उपेन्द्र यादवले बोलाएको बैठकमा सहभागी नहुने निष्कर्ष निकालेका थिए । साथै असार २९ र ३० गते काठमाडांैमा केन्द्रीय समितिको विस्तारित छुट्टै बैठक बोलाउने निर्णय गरेका थिए । 

भट्टराई पक्षले गरेको निर्णय सार्वजनिक भएको भोलिपल्टै मंगलबार कार्यकारिणी समितिका अध्यक्ष यादवले अर्को विज्ञप्ति निकाले । असार २७ र २८ गते मुश्मिल समुदायको चाड बकर इद पर्ने भएकाले २७ र २८ गते बोलाइएको केन्द्रीय समितिको बैठक असार २९ र ३० गते सारेको घोषणा गरे ।  यसबाट दुवै पक्षको एउटै मितिमा छुट्टाछुट्टै बैठक बस्ने भएको छ । 

भट्टराईले काठमाडौंमा बैठक बोलाएका छन् भने यादवले वीरगञ्जमा बैठक डाकेका छन । यसपछि जसपा देखिने गरी दुई कित्तामा विभाजित हुने भएको छ । भट्टराई पक्षीय नेताहरु भट्टराईले बोलाएको र यादव पक्षीय नेताहरु यादवले बोलाएको बैठकमा सहभागी हुने भएका छन् । 

यादव पक्षले बोलाएको बैठकमा भट्टराई र भट्टराईसँग निकट मानिएका केही केन्द्रीय सदस्यहरूलाई बैठकमा बोलाइएको छैन । यसैगरी भट्टराईले पनि यादव पक्षीय नेताहरुलाई बोलाएका छैनन् । जसपाभित्रको विवाद उत्कर्षमा पुगेको बेला दुवै पक्षले छुट्टाछुट्टै बैठक बोलाएका हुन् ।  

यसैबीच, सोमबार गरिएको मन्त्रीमण्डल फेरबदलपछि उपेन्द्र यादवसँग निकट मानिएकाहरु नै उनीसित रुष्ट भएका छन् । भौतिक पूर्वाधार मन्त्रालयबाट फिर्ता बोलाइएकी रेणु यादव उपेन्द्रसँग रुष्ट भएकी छन् । उनले गुट नै फेर्ने सोच बनाएको रेणु निकट स्रोतको भनाइ छ ।  

यसैगरी मन्त्रीको आकाक्षां राखेका तर मन्त्री हुन नपाएका प्रमोद साह, सूर्यनारायण यादव, सुरेन्द्र यादव, रामबाबु यादव, रेणुका गुरुङ, नरमाया ढकाल, रुहिनाथ, रानी मण्डल लगायतका सांसदहरु अध्यक्ष यादवसँग रुष्ट भएका छन् ।  

मन्त्रीमण्डल विस्तार पछि उपेन्द्र यादव खेमाभित्र विद्रोह हुने र यसको फाइदा आफूलाई पुग्ने आँकलन भट्टराई पक्षीय नेताहरुको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ