arrow

पहिरोले काठेखोलाका पाँच परिवार विस्थापित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २१ मंगलबार
pahiroi.jpg

बागलुङ । वर्षासँगै आएको पहिरोका कारण बागलुङको काठेखोला गाउँपालिका-७ रेशका पाँच परिवार विस्थापित भएका छन् । 

पहिरोले स्थानीय सम्मरबहादुर कार्की, मञ्जु कार्की, उजेली कार्की, प्रेमबहादुर जिसी र लोकबहादुर जिसीको घरमा पूर्णरुपमा क्षति पुर्याएको छ । 

स्थानीय लिलाबहादुर कार्कीका अनुसार उनिहरुलाई सुरक्षित स्थानमा सारिएको छ ।

सो स्थानका अन्य १४ घर पनि पहिराको उच्च जोखिममा रहेका छन् । अहिले स्थानीयको सहयोगमा पहिरो हटाउने कार्य जारी छ । 

काठेखोला गाउँपालिकाको न्यायिक समितिले पीडितलाई राहत वितरणको तयारी गरेको छ । उनीहरुलाई छिमेकीको घरमा आश्रय लिने गरी व्यवस्थापन मिलाइएको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ