arrow

युक्रेनको अर्को शहरमा रूसी आक्रमण, सयौं सर्वसाधारण हिरासतमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २२ बुधबार
russian-akramad.jpg

काठमाडौं ।  युक्रेनको लिसिचान्स्क शहर कब्जा गरेपछि रूसी सेनाले स्लोभियान्स्कमा आफ्नो आक्रमणलाई तीव्र बनाएको छ । मङ्गलवार स्लोभ्यान्स्क सहरमा रुसी सैनिकले गोलाबारी गरेको छ ।  

स्लोभियान्स्क शहरका मेयरले रुसी सेनाले बजारलाई निशाना बनाएको बताएका छन् । गोलाबारीमा दुई जनाको मृत्यु भएको छ भने ७ जना गम्भीर घाइते भएका छन् ।

यता सयौं सर्वसाधारणलाई हिरासतमा लिएको संयुक्त राष्ट्र मानवअधिकार प्रमुख मिसेल ब्याचेलेटले बताएका छन् ।  रुसी सेनाले युक्रेनमा सयौं सर्वसाधारणलाई हिरासतमा लिएको उनले बताएका हुन् । 

रुसले परिषद्लाई थुनुवाको तथ्याङ्क सङ्कलन गर्न रोक लगाए पनि जबरजस्ती थुनामा राखिएका २ सय ७० सर्वसाधारणको मुद्दा दर्ता गरेको बताए । उनले मुद्दा दर्ता गराइएका मध्ये आठ जना मृत भेटिएको बताए । 

रुसी आक्रमणले युक्रेनका आम नागरिकलाई असहनीय पीडा दिएको भन्दै उनले  युद्ध चाँडो अन्त्यको माग गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ