arrow

बढ्दो मूल्य नियन्त्रण गर्न सुनको सिक्का ल्याउने जिम्बाब्वे नीति

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २२ बुधबार
Zimbabwe-money.jpg

काठमाडौं । जिम्बाब्वेले आफ्नो मुद्रामा आएको गिरावटको बीचमा बढ्दो मुद्रास्फीतिलाई रोक्न प्रयास गर्दै यस महिनाको अन्त्यमा सुनको सिक्का ल्याउने घोषणा गरेको छ ।

यस्तै जिम्बाब्वेको केन्द्रीय बैंकले आगामी पाँच वर्षका लागि अमेरिकी डलरलाई कानुनी टेन्डर बनाउने योजनासमेत अघि सारेको छ । यसको अर्थ त्यहाँ अमेरिकी डलरमा कारोबार गर्न सकिने छ । 

मुद्रास्फीतिको वार्षिक दर १९० प्रतिशतभन्दा उच्च भएपछि जिम्बाब्वेको केन्द्रीय बैंकले मुख्य ब्याजदर यस महिना दोब्बरभन्दा बढीले वृद्धि गर्दै २०० प्रतिशत पुगाएको छ ।

यस वर्ष प्रमुख मुद्राको तुलनामा जिम्बाब्वेको डलरको भाउ घटेको छ । २२ क्यारेट सुनको एक ट्रय औंस हुने सुनको सिक्का जुलाई २५ देखि उपलब्ध हुने जिम्बाब्वेको रिजर्भ बैंकका गभर्नर जोन पी मंगुड्याले एक विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

सुन, चाँदी र प्लेटिनम जस्ता बहुमूल्य धातुको तौल मापन गर्न ट्रोय औंस एकाइ प्रयोग हुन्छ । एक ट्रय औंस बराबर ३१.१० ग्राम हुन्छ ।

‘सुनको प्रचलित अन्तर्राष्ट्रिय मूल्य र उत्पादन लागतका आधारमा स्थानीय मुद्रा वा अमेरिकी डलर सँग बिक्रीका लागि सुनको सिक्का उपलब्ध हुने उनले बताएका छन् ।

प्रत्येक सिक्कालाई सिरियल नम्बरबाट पहिचान गरी स्थानीय तथा अन्तर्राष्ट्रिय रूपमा सजिलै नगदमा रूपान्तरण गर्न सकिने बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ