arrow

प्रचलित कानून भन्दा बाहिर गएर प्रेसलाई नियन्त्रण गर्न हुँदैन : मुख्यमन्त्री पोखरेल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २२ बुधबार
krishna chandra nepali pokhrel.jpg

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रचलित कानून भन्दा बाहिर गएर प्रेसलाई नियन्त्रण गर्न नहुने बताएका छन् । लोकतन्त्रमा संविधानले नै पूर्ण स्वतन्त्रता दिएको भन्दै उनले प्रेसलाई संकुचन गर्ने ऐन नआउने स्पष्ट पारे । 

नेपाल प्रेस युनियन कास्कीद्धारा आयोजित महाधिवेशन लक्षित भेलालाई संबोधन गर्दै उनले आमसंचार विधेयक संसदमा छलफलका क्रममा रहेकाले पत्रकारको सल्लाह सुझाव अनुसार नै प्रक्रिया अघि बढ्ने बताए । ‘रजिष्ट्रारको विषयमा मात्रै कुरा मिलेको छैन । कुन श्रेणीमा राख्ने भन्नेमा मात्रै अलमिलएको छ,’ उनले भने, ‘यसले छिट्टै निकाश दिनेछ ।’

गण्डकी प्रदेश सरकारले लोककल्याणकारी काम गरेकोसमेत उनले दाबी गरे । गठबन्धनको सरकार भएका कारण पार्टीले सोचेअनुरुप काम नभए पनि तुलनात्मक सन्तोषजनक भएको बताए । उनले भने, ‘सरका जसरी अघि बढ्नुपर्ने थियो, त्यस्तो हुन नसकेपनि हुँदै नभएको भने होइन ।’

नीति तथा योजना आयोगका उपाध्यक्ष डा. रघुराज काफ्लेले आर्थिक वृद्धिदर आठ प्रतिशतसम्म पुग्ने बताए । 

कार्यक्रममा मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार खड्गबहादुर कमाल, नेपाली कांग्रेस गण्डकी प्रदेशका प्रचार विभाग प्रमुख रमेश पौडेल, सहसंयोजक शिरोमणि बराल, कास्की कांग्रेसका सहसचिव नवीन सिग्देल, युनियनका सल्लाहकार गंगाधर पराजुली, राजबहादुर गुरुङ, नेपाल पत्रकार महासंघकी पूर्व उपाध्यक्ष अनिता बिन्दु, युनियनका केन्द्रीय सदस्य ऋषिकान्त पौडेल, पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिमिल्सिना पगेनी, पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारी, मुख्यमन्त्रीका प्रेस संयोजक भरत कोइराला, कांग्रेस महासमिति सदस्य सरस्वती गुरुङ लगायतले बोलो थिए । 

युनियन कास्कीकी कार्यवाहक अध्यक्ष रविना आलेको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव प्रदीप पौडेलले गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ