arrow

राजपाक्षले पुटिनलाई गरे फोन, मागे इन्धन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २३ बिहिबार
putin-russia-ill.jpg

कोलोम्बो । रूसी नेता भ्लादिमिर पुटिनलाई श्रीलङ्काका राष्ट्रपति गोटबाया राजपाक्षले फोन गरी इन्धन मागेका छन् ।  

इन्धन अभावको सामना गर्दै आएको श्रीलङ्काका राजनीतिक दल तथा उनीहरूका नेताले राष्ट्रपति राजपाक्षलाई रुससँग कच्चा तेलको लागि अनुरोध गर्न आग्रह गरेपछि राष्ट्रपति र रूसी नेताबीच फोन वार्ता भएको हो । 

राजपाक्षले  पुटिनलाई फोन गरी आर्थिक सङ्कटका कारण आएको इन्धन समस्या समाधानका लागि सहयोग गर्न आग्रह गरेका छन् । राजपाक्षले पुटिनसँगको टेलिफोन वार्ता निकै उपलब्धिमूलक भएको बताए । 

उक्त अवसरमा राजपाक्षले विगतका चुनौतीहरूको सामना गर्न रूसी सरकारले गरेको समर्थनको लागि नेता पुटिनप्रति आभार प्रकट गरेका छन् । 

राजपाक्षले भने, “अहिलेको आर्थिक चुनौतीलाई पराजित गर्न श्रीलङ्कालाई इन्धन आयात गर्न ऋण सहयोगको प्रस्ताव माग गरिएको छ ।”

उनले रूसी समकक्षी पुटिनसँग रूसी विमान कम्पनी ‘एरोफ्लट’ को सेवा श्रीलङ्कामा पुनः आरम्भ गर्न अनुरोध पनि गरेको उनको कार्यालयले जनाएको छ ।

उनले भने, “पर्यटन, व्यापार र संस्कृतिजस्ता क्षेत्रमा साझेदारी गरी द्विपक्षीय सम्बन्धलाई सुदृढ पार्नु हाम्रा दुई राष्ट्रहरूका लागि सबैभन्दा महत्त्वपूर्ण छ भन्नेमा हामी सबै सहमत छौँ ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ