arrow

आइएस विरुद्ध लडेकी थालिटोको रुसी मिसाइल आक्रमणमा मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २३ बिहिबार
thalito.jpg

काठमाडौं । रुस- युक्रेन युद्धमा ब्राजिलकी मोडलको मृत्यु भएको छ । ब्राजिलको मोडल तथा स्निपर थालिटो डो भालको रुसी सेनाको मिसाइल आक्रमणमा परेर मृत्यु भएको हो । 

३९ वर्षीया ब्राजिलकी मोडल खार्किवमा थिइन् । यसै क्रममा उनी रुसी सेनाको मिसाइल आक्रमणमा परिन् । 

उनले यसअघि इराकमा इस्लामिक स्टेटविरुद्ध लडेकी थिइन् । उनले इराकको कुर्दिस्तान क्षेत्रमा आईएसआईएस विरुद्धको लडाइँमा स्नाइपरको तालिम लिएकी थिइन् ।

थालिटोले युद्ध मोर्चाबाट तालिम लिएको भिडियो सामाजिक सञ्जालमा लगातार पोस्ट गरिरहेकी थिइन् । 

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले फेब्रुअरीमा रुसी आक्रमणपछि विश्वभरका मानिसहरूलाई सहयोगको अपिल गरेका थिए । 

यसपछि धेरै स्वयंसेवक रुसी सेनासँग लड्न युक्रेन पुगे । जसमध्ये थालिटो पनि युक्रेन पुगेकी थिइन् ।

रुसी आक्रमणमा अर्का ब्राजिल लडाकु डगलस बुरिगोको पनि मृत्यु भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ