arrow

४० मन्त्री र सहयोगीले राजीनामा दिए पनि जोनसनले सत्ता नछाेड्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २३ बिहिबार
boris-johnson.jpg

काठमाडौं । बेलायती प्रधानमन्त्री बोरिस जोनसनको क्याबिनेटका ४० भन्दा बढी मन्त्री र सहयोगीहरुले २४ घण्टाकाे अवधिमा राजीनामा दिएका छन् । यद्यपि प्रधानमन्त्री जोनसनले आफ्नै सत्तारूढ कन्जरभेटिभ पार्टी भित्रसमेत बढ्दो विद्रोहलाई अस्वीकार गर्दै यसविरुद्ध लड्ने बताएका छन् ।

कन्जरभेटिभ सांसदहरूले नै जोनसनको खुला विद्रोह गरिरहेका बेला केही मन्त्रीहरुले डाउनिंग स्ट्रीटमा गएर उनलाई राजीनामा दिन आग्रह गरेका छन् ।

एक जनाले उनलाई विश्वासको मतको सामना गर्नुको सट्टा आफ्नै समय तालिका बनाएर सम्मानजनक रुपमा राजीनामा दिनसमेत प्रोत्साहित गरेका छन्।

बुधबार राति इङ्गल्याण्ड र वेल्सकी महान्यायाधिवक्ता सुएला ब्रेभरम्यानले जोनसनलाई राजीनामा दिन आह्वान गर्दै उनीविरुद्ध पार्टीको हरेक नेतृत्वमा उम्मेदवारी दिने बताएकी छिन् ।

'मलाई लाग्छ कि प्रधानमन्त्रीले राजीनामा गर्ने समय आएको छ,' ब्राभरम्यानले आईटीभीमा बोल्दै भनेकी छिन् ।

दर्जनौंले सार्वजनिक रूपमा जोनसनको निष्ठाको आलोचना गरेका छन् । यसअघि कोभिड १९ को महामारीको बेला कार्यालयमै पार्टी गरेको विषयले उनी विवादित बनेका थिए ।

त्यसपछि अहिले यौन दुर्व्यवहारको आरोप लागेका व्यक्तिलाई जानीजानी मन्त्री एवं सहायक प्रमुख सचेतक नियुक्त गरेकोमा उनको आलोचना भएको थियो ।

निरन्तर जोनसनमाथिका काण्डहरु सार्वजनिक हुँदै उनी आलोचित बन्दै गएका छन् । यद्यपि उनको क्याबिनेट र सहयोगी गरी ४० भन्दा बढीले बुधबार २४ घण्टाको अन्तरालमा राजीनमा दिँदासमेत उनले भने यसविरुद्ध लड्ने बताएका हुन् । 

जोनसनले नयाँ मन्त्री नियुक्त गर्दै आफ्नो कदम अघि सारेका छन् । यसअघि आफ्नै पार्टीको संसदीय दल भित्रको अविश्वासको प्रस्तावमा उनले ५९ प्रतिशत मत ल्याएका थिए । 

यसकारण आउँदो वर्षको जुनसम्मका लागि उनलाई पार्टीभित्रबाट चुनौती छैन । तर उनको पार्टीका विद्रोही नेताहरूले पार्टीको विधानमा परिवर्तन ल्याउने कोसिस गरिरहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ