arrow

रुसले गरेको रकेट आक्रमणमा ३ जनाको मृत्यु 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २४ शुक्रबार
russi-aukraine-three-city.jpg

काठमाडौं । रुसले बिहीबार युक्रेनको खार्किभमा हवाई आक्रमण गरेको छ । उक्त आक्रमणमा ३ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्। 

यस आक्रमणका लागि रुसले मल्टिपल रकेट लन्चर सिस्टम प्रयोग गरेको थियो । 

खार्किभका गभर्नरले  जीवन र सम्पत्तिको क्षतिको प्रारम्भिक जानकारी मात्र आएको बताएका छन् । उनले रुसी आक्रमणमा धेरै घर र महत्त्वपूर्ण पूर्वाधारमा क्षति पुगेको बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ