arrow

विश्व खेलकुद अमेरिकाको बर्मिङ्घममा शुरु

logo
सिन्ह्वा,
प्रकाशित २०७९ असार २४ शुक्रबार
11th-World-Games.jpg

वासिङ्टन । विश्वव्यापी कोभिड-१९ महामारीका कारण एक वर्षको ढिलाइपछि बिहीबार संयुक्त राज्य अमेरिकाको बर्मिङ्घममा ११ औं विश्व खेलकुद शुरु भएको छ ।

 एक सय भन्दा बढी देश र यस क्षेत्रका ३,६०० खेलाडीहरूले जुलाई  ७ देखि १७ सम्म विभिन्न ३४ खेल प्रतियोगितामा सहभागिता जनाउँने छन् ।

जम्मा २२३ पदका लागि ती खेलाडीहरूले प्रतिस्पर्धा गर्ने छन् जसमा एयर स्पोर्ट्स, वाटरस्की र वेकबोर्ड, उसु, फ्लाइङ डिस्क, फ्ल्याग फुटबल लगायतका खेलहरू समावेश गरिएको छ ।

अन्तरराष्ट्रिय विश्व खेल संघद्वारा आयोजित र अन्तरराष्ट्रिय ओलम्पिक समितिद्वारा समर्थित यो विश्व खेलकुद ११ दिनसम्म जारी रहने अन्तरराष्ट्रिय स्तरको एक बहु-खेल प्रतियोगिता हो । 

यो प्रतियोगिता ग्रीष्मकालीन ओलम्पिक खेलहरूपछि सान्ता क्लारामा पहिलो संस्करणबाट  सन् १९८१ देखि आयोजना हुँदै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ