arrow

सडक दुर्घटनामा नौ जनाको मृत्यु

logo
रासस
प्रकाशित २०७९ असार २४ शुक्रबार
accident-final.jpg

अबुजा । यहाँको उत्तरी राज्य कादुनामा बिहीबार भएको सडक दुर्घटनामा परी नौ जनाको ज्यान गएको छ । बिहीबार बस र कार जुध्दा सवारीमा रहेका कम्तिमा पनि नौ जनाको ज्यान गएको छ भने १२ जना घाइते भएका छन् ।    

कादुनाको ‘फेडरल रोड सेफ्टी कोपोरेसन’ का कमाण्डर हाफिज मोहम्मदले कादुना सहरमा तीब्र गति, गलत ओभरटेक गर्ने र नियन्त्रण गुमाउनुका कारण दुई ट्रक, बस र कार ठोक्किएको पत्रकारहरूलाई बताएका छन् । घाइतेहरुलाई नजिकैको अस्पतालमा लगिएको पनि मोहम्मदले बताएका छन् ।  

उक्त प्रान्तमा भारीमा मात्रामा सवारी साधनहरुका कारण बारम्बार यस्तो दुर्घटना हुने गर्दछ । बिहीबारको दुर्घटना पनि सडकमा सवारी साधनहरुको चापका कारण भएको प्रहरीले प्रारम्भिक अनुसन्धानमा जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ