arrow

जी २० सम्मेलनबाट रुसी विदेशमन्त्री बाहिरिए

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २४ शुक्रबार
sergey-lavrov-russia.png

काठमाडौं । जी २० सम्मेलनमा जर्मन समकक्षी एनालेना बेरबकले युक्रेन युद्धलाई लिएर मास्कोको आलोचना गर्दा रुसी विदेशमन्त्री सर्गेइ लाभरोभ बैठकबाट बाहिरिएको बताइएको छ ।

यस्तै उनले युक्रेनको विदेश मन्त्रीको भर्चुअल उपस्थिति  अघिसमेत बैठक छोडेका थिए । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले रूसको निन्दा गर्दासमेत उनी त्यहाँ उपस्थित भएका थिएनन् ।

बैठकमा अमेरिकी विदेशमन्त्रीले युक्रेनी अन्न बाहिर निकाल्नका लागि आग्रह गरेका थिए । उनले रुसलाई प्रत्यक्ष सम्बोधन गर्दै भनेका छन्, 'हाम्रा रुसी सहकर्मीहरूलाई युक्रेन तपाईको देश होइन । यसको अन्न तिम्रो अन्न होइन। किन बन्दरगाह अवरुद्ध गर्दै हुनुहुन्छ ? तपाईंले अनाज बाहिर छोड्नुपर्छ।'

यसबीच रुसी सेनाले युक्रेनको ओडेसा क्षेत्रमा रातारात बेलायतले आपूर्ति गरेको दुईवटा हार्पुन एन्टी शिप मिसाइल प्रणालीलाई नष्ट गरेको रुसी रक्षा मन्त्रालयले एक ब्रिफिङमा जनाएको छ।

जी २० सम्मेलनमा युक्रेनका विदेश मन्त्री दिमित्रो कुलेबाले रुस विश्वका लागि एक नम्बर चुनौती भएको भन्दै विश्वव्यापी प्रतिक्रियाको लागि आह्वान गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ