arrow

एकल पुरुष र असल बुहारीलाई सम्मान

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २५ शनिबार
Rishing-Rural-Municipality.jpg

तनहुँ । तनहुँको ऋषिङ गाउँपालिकाले एकल पुरुष र असल बुहारीलाई नगदसहित सम्मान गरेको छ । गाउँपालिकाको बाह्रौँ गाउँसभाबाट पारित बजेट सार्वजनिक गर्न आज आयोजित कार्यक्रममा एकल पुरुष र असल बुहारीलाई नगदसहित सम्मान गर्नुका साथै ज्येष्ठ नागरिकलाई ब्ल्याङ्केट वितरण गरिएको हो । 

गाउँपालिकाका आठ वडाका प्रत्येक वडाबाट दुईका दरले १६ असल बुहारीलाई नगद रु चार हजारसहित सम्मान गरिएको प्रवक्ता विजय दरैले जानकारी दिए । आठ वडाका प्रत्येक वडाबाट चारका दरले ३२ एकल पुरुषलाई नगद रु चार हजारसहित पुरस्कृत गरिएको छ । 

५० वर्षमाथिका एकल पुरुषलाई प्रोत्साहन भत्ता दिने अघिल्लो वर्षको नीति तथा कार्यक्रम बमोजिम उनीहरूलाई नगदसहित सम्मान गरिएको हो । आठवटै वडाका ६४ ज्येष्ठ नागरिकलाई ब्ल्याङ्केटसहित सम्मान गरिएको छ । 

गाउँपालिकाले आगामी आव २०७९/८० का लागि रु ४९ करोड ९९ लाख ४९ हजारको बजेट पारित गरेको छ ।

त्यसमध्ये सङ्घीय सरकार समानीकरण अनुदानतर्फ रु ११ करोड १३ लाख, सङ्घीय सरकार शसर्त अनुदानबाट रु २३ करोड ५१ लाख, प्रदेश सरकार समानीकरण अनुदानबाट रु एक करोड २६ लाख ५६ हजार, सङ्घीय सरकार राजस्व बाँडफाँटबाट रु १० करोड ३४ लाख ८८ हजार, प्रदेश सरकार राजस्व बाँडफाँटबाट रु ७४ लाख पाँच हजार, आन्तरिक आय रु एक करोड १० लाख, प्रदेश सरकार विशेष अनुदानबाट रु ५० लाख, समपुरक अनुदानबाट रु ५० लाख आम्दानी हुने अनुमान छ ।

गाउँपालिकाले आर्थिक, पूर्वाधार, शिक्षा, सामाजिक चेतना विकास तथा संस्कृतिलाई विशेष प्राथमिकता दिएर नीति, कार्यक्रम र बजेट बनाएको गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ