arrow

पाकिस्तानमा त बाख्रोसमेत असुरक्षित, बलि दिन राखिएको बाख्रो चोरी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २५ शनिबार
kamran-akmal-goat.jpg

काठमाडौं । पाकिस्तानी क्रिकेट टिमका विकेटकिपर कमरान अकमलको बाख्रो चोरी भएको छ । आइतबार बकरइदमा कुर्बानी (बलि) दिनका लागि अकमलले बाख्रो किनेका थिए । त्यसको भाउ डेढ लाख बढी रुपैयाँ परेको थियो । 

तर बाख्रो अकमलको लाहोरस्थित सोसाइटीमा रहेको घरमा रहेको थियो । तर शुक्रबार बिहानै चोरले चोरेर लगे । 

अकमलका बाबु मोहम्मद अकमलले संचारकर्मीहरुलाई बताएअनुसार यो वर्ष ६ बाख्रालाई कुर्बान गर्नुपर्ने थियो । तर एउटा भने चोरी भएको छ । 

चोरले ६ वटामध्ये सबैभन्दा महंगोलाई लगेको हो । मोहम्मदका अनुसार घरका नोकरलाई बाख्रा हेर्न भने पनि बिहान ३ बजे ऊ सुतेपछि चोरले चोरेर लगेको हो । 

अबमलले अन्तिम अन्तर्राष्ट्रिय क्रिकेट सन् २०१७ सम्म खेलेका थिए । उनले पाकिस्तानका लागि ५३ टेष्ट, १५७ एक दिवसीय र ५८ टी–२० खेलेका छन् । 

अकमलको बाख्रो हराएको सूचना बाहिरिएपछि पाकिस्तानमा बाख्रो पनि सुरक्षित छैन भने अरुको के कुरा भनी सामाजिक संजालमा आलोचना भइरहेको छ । 

मुस्लिम देशमा मुस्लिमकै महान् पर्व बकरइदका लागि राखिएको बाख्रोसमेत चोरी हुन्छ भने अन्य धर्मावलम्बीले कस्तो सास्ती खेप्नु पर्ला भनेर पनि बहस भइरहेको छ  । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ