arrow

प्राचार्यबाट कुटिएका विद्यार्थी गम्भीर‍, प्राचार्य पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २५ शनिबार
hikmat bk.jpg

बागलुङ । बागलुङमा एक विद्यार्थी निर्घात कुटिएका छन् । कुटाइबाट उनी गम्भीर घाइते भएका छन् । उनको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । 

ढोरपाटन नगरपालिका वडा नं १ स्थित न्यू मोर्डन एकेडेमीमा कक्षा ९ मा अध्ययनरत तमानखोला गाउँपालिका वढा नं. २ बोङकाका १५ वर्षीय हिक्मत विक कुटाइबाट घाइते भएका हुन् । 

उनलाई बिहीबार विद्यालयकै प्राचार्य दीपक कुँवरले कुटपिट गरेको बताइएको छ । प्राचार्य कुँवरलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाग्लुङले जनाएको छ । 

टाउकोमा लौरीले हान्दा विक बेहोस भएका बताइएको छ । उनको शरीरमा निलडामसमेत देखिएको घाइते विद्यार्थीकी आमा मन्सराले जानकारी दिइन् । विककी आमा मन्सराले छोरालाई उपचारपछि पनि अप्ठ्यारो भइरहेको बताएकी छन् ।

विक कक्षामा गर्दा सेनिटाइजरको बोतल ढलेर पढाइरहेका शिक्षकको टाउकोमा लागेपछि कुँवरले निर्घात कुटेको विकका साथीहरुले बताएका छन् । विकलाई प्राचार्य कुँवरले आफ्नो कार्यकक्षमै लगेर कुटेको बताइएको छ । 

ती विद्यार्थीका अनुसार अन्य विद्यार्थीहरुले सेनिटाइजरको बोतल माथि फाल्दा पंखामा ठोकिएर शिक्षकको टाउकोमा लागेको हो । त्यसपछि अफिसमा लागेर प्रिन्सिपलले विकलाई कुटेका हुन् । 

विकको टाउकोमा गहिरो चोट लागेको र सिटी स्क्यान गरेर हेर्दा भित्रि चोट केही पनि नदेखिएको अस्पताल श्रोतले जनाएको छ ।



नयाँ