arrow

क्यानाडाले रुसलाई ग्यास पाइपलाइनकाे टर्बाइन दिँदै, युक्रेनको चर्काे विरोध

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २६ आइतबार
gas-turbine-norde-stream.jpg

काठमाडौं । युरोपलाई चाहिने ग्यासको प्रमुख रुसदेखि जर्मनीसम्मको पाइपलाइन नर्ड स्ट्रिम १ को टर्बाइन क्यानाडाले जर्मनीलाई फिर्ता गर्ने निर्णय गरेको छ । बिग्रिएको यो टर्बाइन बनाएर क्यानाडाले सोझै रुसलाई नभइ जर्मनी र जर्मनीले रुस पठाउने भएको हो ।

'तिनी(युरोपेली) हरु रुसी तेल र ग्यासबाट टाढिँदै जाँदा युरोपको भरपर्दो र किफायती ऊर्जा पहुँच गर्ने क्षमता (नोर्ड स्ट्रिम १) लाई समर्थन गर्दै मर्मत गरिएको नोर्ड स्ट्रिम १ को टर्बाइन जर्मनीलाई फिर्ता गर्न क्यानाडाले सिमेन्स क्यानाडालाई समय सीमित र रद्द गर्न मिल्ने अनुमति दिनेछ,' क्यानाडाका प्राकृतिक संशाधन मन्त्री जोनाथन विल्किन्सनले भनेका छन् ।

'प्राकृतिक ग्यासको आवश्यक आपूर्तिको अभावमा जर्मन अर्थतन्त्रले धेरै ठूलो कठिनाइ भोग्नेछ र जाडो नजिकिँदै गर्दा जर्मनहरू आफ्नो घर न्यानो बनाउन असमर्थ हुने जोखिममा हुनेछन्,' उनले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

जर्मन मल्टिनेसनल कम्पनी सिमेन्सले उक्त टर्बाइन उपकरणको उपलब्ध गराउनमा ढिलाई गरेको र युक्रेनको मुद्दालाई देखाउँदै रुसको ग्यास निर्यातकर्ता ग्याजप्रोमले गत महिना रुसबाट युरोपसम्मको नोर्ड स्ट्रिम १ पाइपलाइनको क्षमतालाई ४० प्रतिशतमा झारेको थियो ।

जर्मनीले क्यानाडाले टर्बाइन ग्याजप्रोमलाई फिर्ता गरोस् भन्ने चाहेको छ । तर युक्रेनले ओटावालाई टर्बाइन रुसलाई नदिन आग्रह गरेको थियो । किनकि क्यानाडाले उक्त टर्बाइन रुसलाई दिनु भनेको मास्कोमाथि पश्चिमाले लगाएको प्रतिबन्धको उल्लंघन हुन्छ ।

यो टर्बाइनलाई सुरुमा जर्मनी पठाइनेछ र त्यसपछि यसलाई रूसको राज्य नियन्त्रित उर्जा जाएन्ट ग्याजप्रोममा पठाइनेछ ।

युक्रेनी क्यानाडाली कांग्रेसले नोर्ड स्ट्रिम १ ग्यास पाइपलाइनको क्यानाडामा मर्मतसम्भार गरिएको रुसी टर्बाइन फिर्ता गर्ने क्यानाडा सरकारको निर्णयको निन्दा गरेको छ ।

युक्रेनी क्यानेडियन कांग्रेसका राष्ट्रिय अध्यक्ष अलेक्जान्ड्रा चिकजिजले एक विज्ञप्ति जारी गर्दै भनेकी छिन्,'रूसी ब्ल्याकमेलमा झुक्ने क्यानाडा सरकारको निर्णयबाट हाम्रो समुदाय गम्भीरुपमा निराश भएको छ।'

उनले अघि भनेकी छिन् 'क्यान डाले रुसमाथि लगाइएको प्रतिबन्ध शासनलाई कमजोर पार्ने खतरनाक उदाहरण' स्थापित गरिरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ