arrow

पोखरा रंगशालाको कभर्ड हलमा आगलागी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २६ आइतबार
rangasala.jpg

पोखरा । पोखरा रंगशालामा आइतबार आगलागी भएको छ । रंगशाला भित्रको बहुउद्देश्यीय कभर्ड हलमा आगलागी भएको हो । खेल संचालन भइरहँदा विद्युत सर्ट भएर आगलागी भएको बताइएको छ ।

कभर्डहल भित्र सिक्स ए साइड महिला तथा पुरुष हक्की खेल चलिरहेको थियो । पोखरा महानगरपालिकाको बारुणयन्त्रमार्फत आगलागी नियन्त्रण गरिएको छ । आगलागी पछि खेल स्थगित भएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार आज दिउसो ४ः१० बजे आगलागी भएको र ४ः३५ बजे नियन्त्रणमा आएको थियो ।

आगलागी नियन्त्रणका लागि वडा प्रहरी कार्यालय रामबजारका प्रहरी निरीक्षक किरण रावतको नेतृत्वमा २५ जना प्रहरी खटिएर आगो नियन्त्रणमा लिइएको कास्की प्रहरीका निमित्त प्रमुख प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए । 

डिएसपी तिवारीका अनुसार आगलागीबाट कभर्ड हलको सामान्य भौतिक क्षति भएका छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ