arrow

पाँच तले अपार्टमेन्टमा रुसले गर्‍यो रकेट आक्रमण, १५ युक्रेनीको मृत्यु 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २७ सोमबार
mariupol-ukraine.jpg

किभ । रुसी सेनाले  पाँच तले अपार्टमेन्टमा आक्रमण गरेको छ । 

रुसी सेनाको रकेट आक्रमणमा युक्रेनको चासिभ यार सहरमा रहेको सो अपार्टमेन्ट ब्लकमा कम्तीमा १५ जना युक्रेनीको मृत्यु भएको छ । 

आक्रमणमा करिब २० जना भग्नावशेषमुनि पुरिएको अधिकारीहरूको भनाई छ । 

पाँच जना पीडितलाई भग्नावशेषबाट जीवितै बाहिर निकालिएको छ । 

पाँच तले भवनको एक छेउको भाग भत्किएर भग्नावशेषको पहाडमा परिणत भएको प्राप्त विवरणहरूमा जनाइएको छ ।

पछिल्ला समयमा रुसी सेनाले युक्रेनका एकपछि अर्को सहरलाई आक्रमण गरेका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ