arrow

पत्रकार बाँस्तोलालाई श्रीपति समाजसेवा पत्रकारिता पुरस्कार

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २७ सोमबार
krishna pd banstola.jpg

पोखरा । कास्कीका अग्रज पत्रकार कृष्णप्रसाद बाँस्तोलालाई प्रथम श्रीपति सामाजिक पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ । पोखरास्थित श्रीपति कोइराला गुठीले २१५ औं श्रीपति जयन्तिको अवसर पारेर पुरस्कार घोषणा गरेको हो ।

गुठीले पत्रकारिता पुरस्कारका लागि दुई लाख २२ हजार २२२ रुपैयाँको कोष स्थापना गरेको र सो कोषबाट प्रत्येक वर्ष सामाजिक क्षेत्रमा कलम चलाउने एक पत्रकारलाई पुरस्कृत गरिने संस्थाका अध्यक्ष लक्ष्मण कोइरालाले जानकारी दिए । पुरस्कारको राशि २२ हजार २२२ रुपैयाँ हुने उनले बताए । पुरस्कार गुठीको ३० औं वार्षिक साधारणसभाका अवसरमा प्रदान गरिने भएको छ ।

गुठीको असार ४ गतेको बैठकले बाँस्तोलालाई सो पुरस्कारले पुरस्कृत गर्ने निर्णय गरिएको सचिव नवराज कोइरालाले जानकारी दिए ।

पत्रकार बाँस्तोला पोखरामा रहेर २०३६ सालदेखि पत्रकारितामा सक्रिय छन् । नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्षसमेत रहेका उनी स्वतन्त्र पत्रकार संघ नेपालका अध्यक्ष हुन् । बाँस्तोला यसअघि विभिन्न संघसंस्थाबाट पुरस्कृत एवं सम्मानित भइसकेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ