arrow

सम्भावित आर्थिक सङ्कट टार्न पुँजी र प्रविधि भित्र्याउन एनआरएनलाई वरिष्ठ उपाध्यक्ष ढकालको आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २७ सोमबार
chandra-dhakal-nrna.jpg

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा पनि कोरोनापछिको समयमा आर्थिक सङ्कटका सङ्केतहरू देखा परिरहेकाले त्यस्तो अवस्थाबाट देशलाई जोगाउन विदेशी लगानीका लागि आग्रह गरेका छन्।

नेपाल पत्रकार महासङ्घ युकेको वार्षिक साधारण सभाका अवसरमा लन्डनमा आइतबार आयोजित कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष ढकालले भने– विश्वमा देखिएको कोरोनाको प्रभावको आर्थिक मन्दी तथा सङ्कटका बाछिटा नेपालमा पनि नदेखिएको भन्न मिल्दैन, त्यो समस्या हामी पनि झेलिरहेका छौँ।

उनले नेपाललाई यस्तो सङ्कटमा पर्न नदिन र आर्थिक अवस्थालाई बचाई राख्न संसारभरमा रहेका नेपालीहरूले नेपालमा पुँजी र प्रविधि भित्र्याउन र वैदेशिक लगानी गर्न आग्रह गरे।

उनले भने– नेपाल सरकार र नेपाल राष्ट्र बैङ्कको समन्वयमा अब यहाँहरूले पनि डलरमा खाता खोल्ने अवसर प्राप्त गरेको छ, यसबाट लाभ लिनुहोस् र नेपालमा बढी भन्दा बढी लगानी ल्याउनुहोस् भन्ने मेरो आग्रह छ।

उनले सुरुमा कोरोनाको कहर र पछिल्लो समयमा आएर रुस युक्रेन युद्धका कारण विश्वको अर्थतन्त्रमा अनेकन् समस्याहरू देखा परिरहेको र महँगी बढेको, र त्यसको मारमा हामी नेपाली पनि परेको धारणा राखे।

लगानी गरेर राम्रो प्रतिफल लिन मिल्ने संसारका धेरै देशहरूमध्ये नेपाल पनि एक रहेको उनको भनाई थियो। उनले नेपालमा लगानीका कैयौँ सम्भावना रहेको र नेपालमा लगानीबाट धेरै भन्दा धेरै प्रतिफल लिन सकिने उदाहरण पनि पेस गरे।

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष तथा आइएमई समूहका अध्यक्ष ढकालले आफूहरूले गैर आवासीय नेपालीहरूसँग लगानी गरेकाले त्यो अनुभव रहेको दृष्टान्त पनि पेस गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ