arrow

ठूला शक्तिबाट परिचालित नहुन एसियाली राष्ट्रलाई चीनको चेतावनी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २७ सोमबार
wang-yi-chinese-foreign-minister.jpg

काठमाडौं । चिनियाँ विदेश मन्त्री वाङ यीले एसियाली राष्ट्रहरुलाई ठूला शक्ति राष्ट्रहरुबाट प्रयोग नहुन भन्दै चेतावनी दिएका छन् । सोमबार इन्डोनेसियाको राजधानी जकार्तामा दक्षिणपूर्वी एसियाली राष्ट्र संघ (आसियान) को सचिवालयमा बोल्दै उनले यस्तो चेतावनी दिएका हुन् ।

नीतिगत भाषणको क्रममा बोल्दै चिनियाँ विदेशमन्त्री यीले भूराजनीतिक रणनीति बढिरहेका बेला प्रमुख शक्तिहरुबाट चेस टुक्राकारुपमा प्रयोग हुनबाट जोगिन भनेका हुन् । एक अनुवादकमार्फत बोल्दै वाङले यस क्षेत्रका धेरै देशहरूलाई पक्ष लिन दबाब रहेको बताएका छन् ।

'हामीले यस क्षेत्रलाई भूराजनीतिक हिसाबले प्रमुख शक्ति प्रतिद्वन्द्वी र जबरजस्तीबाट चेसको टुक्राको रूपमा प्रयोग हुनबाट जोगाउनुपर्दछ,' उनले अघि भनेका छन्, 'हाम्रो क्षेत्रको भविष्य हाम्रै हातमा हुनुपर्छ।'

दक्षिणपूर्वी एसिया लामो समयदेखि प्रमुख शक्ति राष्ट्रबीचको भूराजनीतिक घर्षणको क्षेत्र बनेको छ । यस क्षेत्रका केही देशहरू हालको अमेरिका चीन प्रतिद्वन्द्वीमा कुनै एकको पक्ष छनौट गर्नबाट सतर्क छन् ।

बालीमा भएको जी२० विदेश मन्त्रीहरूको बैठकमा भाग लिएको केही दिनपछि वाङको यस्ताे टिप्पणी आएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ