arrow

गृहमन्त्री खाँणले नागरिकता विधेयकबारे गरे प्रचण्डसँग छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २७ सोमबार
balkrishna-khand.jpg

काठामडौं । संसद्मा पेश भएको ‘नेपाली नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ बारे गृहमन्त्री बालकृष्ण खाँणले सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका छन् । 

ललितपुरको खुमलटारस्थित अध्यक्ष प्रचण्ड निवासमा बिहान भेटवार्ता भएको र छलफल सकारात्मक रुपमा टुङ्गिएको गृहमन्त्री खाँणको सचिवालयले जनाएको छ । यसअघि सरकारले नेपाली नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७५ साल साउन २२ गते प्रतिनिधिसभामा दर्ता गरेको थियो ।

 राज्य व्यवस्था समितिले २०७७ असार ९ गते प्रतिवेदनसहित प्रतिनिधि सभामा पेश गरेकोमा सरकारले उक्त विधेयक असार २४ गते फिर्ता लिएर त्यसै दिन अर्को विधेयक संसद् सचिवालयमा पेस गरेको छ । 

पेश भएको विधेयकमा सहमति जुटाउन गृहमन्त्री खाँणले सरकारका तर्फबाट विभिन्न राजनीतिक दलका नेतासँग भेटघाट गरिरहेका छन् । 

आइतबार साँझ मात्रै गृहमन्त्री खाँणले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङसँग भेटवार्ता गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ