arrow

विदेशमन्त्री ट्रस पनि बेलायती प्रधानमन्त्रीकाे दौडमा, एक दर्जन पुगे आकांक्षी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २७ सोमबार
liz-truss.jpg

काठमाडौं । बेलायतकी विदेशमन्त्री लिज ट्रसले पनि सोमबार कन्जरभेटिभ पार्टीको लिडर एवं प्रधानमन्त्री बन्ने दाबी घोषणा गरेकी छन् ।

यससँगै बोरिस जोनसनले राजीनामाको घोषणा गरेपछि बेलायतको प्रधानमन्त्री बन्न चाहने कन्जरभेटिभ पार्टीका नेताहरुको संख्या ११ पुगेको छ ।

व्यापार, न्याय र ट्रेजरी लगायतका धेरै सरकारी विभागहरूमा मन्त्री पदमा काम गरिसकेकी ट्रसले कर कटौती गर्ने र रूसी राष्ट्रपति भ्लादिमिर पुटिन विरुद्ध कडा लाइन कायम गर्ने बताएकी छिन् ।

कन्जरभेटिभ पार्टीको नेता चयनका लागि सोमबार नै नियम अघि सारिने र आगामी सेप्टेम्बरमा बोरिस जोनसनलाई प्रतिस्थापन गर्ने लक्ष्य राखिएको छ ।

'मेरो नेतृत्वमा, म मानिसहरूलाई जीवनयापनको लागतको सामना गर्न मद्दत गर्नको लागि तुरुन्तै कारबाही गर्न पहिलो दिनबाट कर कटौती गर्न थाल्छु,' ट्रसले डेली टेलिग्राफमा लेखेकी छिन्, 'अहिले कर लगाउनु ठीक होइन ।'

बेलायतको प्रधानमन्त्रीको दौड आधुनिक ब्रिटिश राजनैतिक इतिहासको सबैभन्दा उल्लेखनीय अवधिमध्ये एक भएको हो ।

बेलायतको राजनीतिको यो स्मरणीय अवधिमा प्रधानमन्त्री जोनसनको चरित्र, निष्ठा र सत्य बोल्ने असमर्थताको निन्दा गर्दै ५० भन्दा बढी मन्त्री र कर्मचारीहरुले राजीनामा दिएका थिए ।

धेरै सांसदहरू उत्तराधिकारी नभेटेसम्म जोनसन अफिसमा रहने बिषयमा असन्तुष्ट भएकाले पार्टीले चुनावी प्रक्रियालाई गति दिने ठानिएको छ ।

प्रधानमन्त्री एवं कन्जरभेटिभ पार्टीको लिडर चयन गर्न आकांक्षी सांसदको संख्या २ जनामा घटाउन यसहप्ता मतदान सुरु हुनुअघि उम्मेदवारहरुले कम्तिमा ३० सांसदहरुको समर्थन पाएको हुनुपर्ने छ ।

त्यसपछि कन्जरभेटिभ पार्टीका करिब दुई लाख सदस्यहरूले देशभरी हप्तौंको दौडपछि विजेता छान्नेछन् ।

पूर्व अर्थमन्त्री ऋषि सुनक बेलायतको प्रधानमन्त्रीका लागि प्रारम्भिक अग्रपंक्तिमा छन् । तर उनका प्रतिद्वन्द्वीहरुले उनले बढाएको कर घटाउने एजेण्डालाई अस्त्र बनाउन थालेका छन् ।

बेलायतको प्रधानमन्त्रीका दाबेदार भारतीय मूलका ऋषि सुनक को हुन् ?

सांसदहरुको ह्वाट्सएप ग्रुपमा सुनकको आलोचना गर्ने सामग्री सेयर भइरहेको एक सांसदले पुष्टि गरेका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ